चौथो तथा बजेट अधिवेशनको ४८ औ‌ं बैठक मिति २०७६ साल भाद्र २६ गते दिनको १ः०० बजे

                           प्रदेश नं १

                       चौथो तथा बजेट अधिवेशन

                          बैठक संख्या – ४८

                           दैनिक कार्यसूची

                            २०७६ भाद्र २६ गते

                           बिहिबार

                           दिनको १ः०० बजे

                          प्रतिवेदन पेश हुने

१.   प्रदेशनं १ को प्रदेश सभा नियमावली, २०७४ बमोजिम न्याय प्रशासन तथा विधायन समितिको बार्षिक प्रतिवेदन समितिका सभापतिले पेश गर्नु हुने ।

२.   प्रदेशनं १ को प्रदेश सभा नियमावली, २०७४ को नियम १०५ बमोजिम अर्थ समितिका सभापतिले समितिको प्रतिवेदन सहित "सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६" सभामा पेश गर्नु हुने।

                           जवाफ दिनु हुने

३.       "प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६" माथि संशोधन प्रस्तुतकर्ता माननीयहरुले उठाउनु भएको विषयमा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हिक्मत कुमार कार्कीले जवाफ दिनु हुने ।

                            प्रस्ताव पेश हुने

४.  प्रदेश नं १ को प्रदेश सभा नियमावली, २०७४ को नियम१०८ बमोजिम आन्तरिक मामिला तथा कानून मन्त्री मा. हिक्मत कुमार कार्कीले "प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६" लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्नु हुने । ‍

                                                                                                 (गोपाल प्रसाद पराजुली)                                                                                   प्रदेश सभा सचिव