(क) आन्तरिक मामिला अन्तर्गतका सबै काम र अन्य मन्त्रालयसंग सम्बन्धित विधेयकहरुका बारेमा विधायन समितिले संसदमा पेश भइ समितिमा आउने सबै विधेयक उपर संशोधन लगायतका प्रत्यायोजित विधायन सम्बन्धि सवै कार्यहरु गर्नेछ ।
(ख) मन्त्रालय, विभाग र अन्र्तगतका निकायहरुको नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन र अरु यससँग सम्बन्धित क्रियाकलापको मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र समुचित टिप्पणी, सिफारिस र निर्देशन सहितको वार्षिक प्रतिवेदन बैठकमा पेश गर्ने,(ग) मन्त्रालय, विभाग र अन्र्तगतका निकायहरुको राजश्व र व्यय सम्बन्धी अनुमानको जाँच गरी वार्षिक अनुमान तयार गर्ने तरीका, वार्षिक अनुमानमा निहित नीतिको सट्टा अपनाउन सकिने वैकल्पिक नीति र वार्षिक अनुमानमा रहेको रकममा के कति किफायत गर्न सकिन्छ भन्ने सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिने र आफ्नो राय सहितको वार्षिक प्रतिवेदन बैठकमा पेश गर्ने,
(घ)मन्त्रिपरिषदका सदस्यहरुले प्रदेश सरकारको तर्फबाट बैठकमा समय–समयमा दिएको आश्वासनहरुलाई पुरा गर्न प्रदेश सरकारद्धारा के–कस्ता कदमहरु उठाइएका छन सो सम्बन्धमा अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिने र बैठकमा प्रतिवेदन पेश गर्ने,
(ड) विषयसँग सम्बन्धित सरकारी निकायको सार्वजनिक सम्पत्तिको हिनामिना भए नभएको अध्ययन, अनुगमन र मूल्याङ्कन गरी आवश्यक सुझाव र निर्देशन दिने र बैठकमा प्रतिवेदन पेश गर्ने ,
(च) प्रदेश सरकारद्धारा प्रचलित ऐन, नियम अनुरुप भए गरेका काम कारबाही बारे छलफल गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेश गर्ने,
(छ) प्रदेश सरकारद्धारा समय–समयमा गठन हुने छानबिन आयोग, समिति र जाँचबुझ आयोग÷समितिहरुद्धारा प्रस्तुत प्रतिवेदन कार्यान्वयनको अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने ,
(ज) मन्त्रालय, विभाग र अन्य निकायहरुबाट सम्पादन भएका कामको अनुगमन तथा मुल्याङ्कन गरी सो सम्बन्धमा आवश्यक राय सल्लाह निर्देशन दिने,
(झ) बैठकले सुम्पेको अन्य काम गर्ने,
(ञ) समितिको सिफारिसमा सभामुखबाट अनुमोदित बजेट र कार्यक्रमको अधिनमा रही आफ्नो कार्यक्रम सञ्चालन गर्ने,
(ट)माथि उल्लेखित खण्डहरु बमोजिमका कार्यहरु गर्दा समितिले सम्बन्धीत मन्त्रालयका मन्त्री सचिव विभागीय प्रमुख वा सम्बन्धीत अधिकारीहरु लाई समीतिको बैठकमा आमन्त्रण गरी आवश्यक विषयमा प्रश्न सोध्ने , स्पस्ट हुने वा धारणा बुझने कार्य गर्न सक्नेछ ।
(ठ) माथि उल्लिखित खण्डहरु बमोजिम कार्य सम्पादन गर्दा सम्बन्धित मन्त्रालय तथा विभागका प्रतिनिधिहरु र आवश्यक परे तत् विषयका विशेषज्ञहरुसँग समेत विचारको आदान– प्रदान गर्न सक्नेछ ।
(ड) माथि जे सुकै कुरा लेखिएको भएता पनि कुनै मन्त्रालय विभाग वा निकायलाई निर्देशन दिनु पुर्व सम्बधित मन्त्रालय विभाग वा निकाय संग लिखीत धारणा समिति ले माग गर्ने र सोको अध्ययन विश्लेषण समितिका आधारमा निर्देशन दिनु पर्दछ ।